‘१२ गाउँ’ले एक सातामा कति कमायो ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । फिल्मले पहिलो सातामा १० करोड ५ लाख कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । त्यसपछिको कलेक्सन भने केही दिन पछि सार्वजनिक हुनेछ । फिल्मले देशभर राम्रो शो पाइरहेको छ । छक्कापञ्जा ५ भन्दा धेरै शो पाइरहेको ‘१२ गाउँ’ कमाइमा पनि अगाडि रहेको छ […]

Oct 18, 2024 - 06:59
 0
‘१२ गाउँ’ले एक सातामा कति कमायो ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । फिल्मले पहिलो सातामा १० करोड ५ लाख कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।

त्यसपछिको कलेक्सन भने केही दिन पछि सार्वजनिक हुनेछ । फिल्मले देशभर राम्रो शो पाइरहेको छ ।

छक्कापञ्जा ५ भन्दा धेरै शो पाइरहेको ‘१२ गाउँ’ कमाइमा पनि अगाडि रहेको छ । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् ।

विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register