रविलक्षित गगनको अभिव्यक्ति- सरकारमा हुँदा पनि उपद्रो, बाहिर पनि उपद्रो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै सङ्गठनको काम नै निराशाको व्यापार गर्नु भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “निराशा छ समाजमा । निराशाको व्यापार गर्नेहरू छन् । कुनै सङ्गठनको आधार नै निराशाको व्यापार हो । त्यसपछि त्यसले निरन्तरता पाउँछ । कसैको उपद्रो गरिरहने […]

Oct 28, 2024 - 08:13
 0
रविलक्षित गगनको अभिव्यक्ति- सरकारमा हुँदा पनि उपद्रो, बाहिर पनि उपद्रो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै सङ्गठनको काम नै निराशाको व्यापार गर्नु भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“निराशा छ समाजमा । निराशाको व्यापार गर्नेहरू छन् । कुनै सङ्गठनको आधार नै निराशाको व्यापार हो । त्यसपछि त्यसले निरन्तरता पाउँछ । कसैको उपद्रो गरिरहने बानी हुन्छ, सरकारमा हुँदा पनि उपद्रो, बाहिर हुँदा पनि उपद्रो । उपद्रो यति लामो समययता गरेको हो कि अब ‘नगर’ भन्दा पनि गर्छ ।”

अगाडि उनले भने, “आम मानिसहरूमा ठूलो नैरास्यता छ । तिमी किन निराशा भएको भनेर गाली गर्नु हुँदैन । सरकार सञ्चालकहरूले यो स्वीकार्नुपर्छ र त्यसलाई चिर्ने जिम्मेवारी लिनुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register