सिद्दिकीको भन्दा खराब हालत बनाइदिने भन्दै सलमानलाई धम्की

काठमाडौं । मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत् पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्य रहेको बताएका छन् । मुम्बईमा दुई दशकपछि ‘डन’ आतंक फर्कियो, यस्तो छ लरेन्स बिश्नोईको विगत […]

Oct 18, 2024 - 09:11
 0
सिद्दिकीको भन्दा खराब हालत बनाइदिने भन्दै सलमानलाई धम्की

काठमाडौं । मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत् पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्य रहेको बताएका छन् ।

मुम्बईमा दुई दशकपछि ‘डन’ आतंक फर्कियो, यस्तो छ लरेन्स बिश्नोईको विगत

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’

मुम्बई पुलिस सन्देश पठाउने व्यक्तिको खोजीमा लागेको छ । सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो । यसपछि सलमानको सुरक्षा बढाइएको थियो ।

बाबा सिद्दिकी : राजनीति र बलिउडमा बलियो प्रभाव भएका नेता

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register