माओवादीको खबरदारीसभा आज, २० हजार सहभागी हुने आकलन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को खबरदारी सभा आज हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने जुलुस र सभामा केपी शर्मा ओली नेतृत्वको सरकारलाई खबरदारी गर्ने नेताहरूले बताएका छन् । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने नेताहरूले बताएका छन् । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको […]

Oct 26, 2024 - 02:25
 0
माओवादीको खबरदारीसभा आज, २० हजार सहभागी हुने आकलन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को खबरदारी सभा आज हुँदैछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने जुलुस र सभामा केपी शर्मा ओली नेतृत्वको सरकारलाई खबरदारी गर्ने नेताहरूले बताएका छन् ।

भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने नेताहरूले बताएका छन् ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे काठमाडौं मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व प्रचण्डसहित पदाधिकारीले गर्नेछन् ।

जुलुस भद्रकाली, शहीद गेट हुँदै काठमाडौं मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register