बाढीले बगाएको उदयपुर र खोटाङ जोड्ने सुनकोशी पुलको स्थलगत अनुगमन

उदयपुर । गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएको उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोसी नदीको रौतामाई ५ स्थित फोक्सिङटारको मोटरेवल पुलको सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले स्थलगत निरीक्षण गरेका छन् । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वन महाशाखा प्रमुख डा विजय जैसीको नेतृत्वमा आएको टोलीले बिहीबार फोक्सिङटारको पुलको अध्ययन […]

Oct 18, 2024 - 09:46
 0
बाढीले बगाएको उदयपुर र खोटाङ जोड्ने सुनकोशी पुलको स्थलगत अनुगमन

उदयपुर ।

गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएको उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोसी नदीको रौतामाई ५ स्थित फोक्सिङटारको मोटरेवल पुलको सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले स्थलगत निरीक्षण गरेका छन् ।


सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वन महाशाखा प्रमुख डा विजय जैसीको नेतृत्वमा आएको टोलीले बिहीबार फोक्सिङटारको पुलको अध्ययन गरेर फर्केको हो ।


एमाले नेता तथा संविधान सभा सदस्य विशाल भट्टराई सहित पुल महाशाखा प्रमुख (सुई) ललिजन खनाल, पुलचोक इन्जिनियरिङ क्याम्पसका बिज्ञ डा. राजन सुवाल र डा. भरत मण्डल सहितको टोली पुल बगाएको स्थानमा पुगेको थियो ।

सुनकोशीमा अहिले पानीको सतह घटेको र बाकी रहेको २०/२० मिटरको संरचना सुरक्षित रहेको अध्ययन टोलीले निष्र्कष निकालेको छ ।

बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथी ८० मिटरको बेलिब्रिज लगाउने या पुल बगाएको स्थान भन्दा केही माथी १२० मिटरको बेलीब्रीज हालेर यातायात सुचारु गर्ने विषयमा छलफल भई रहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिनु भयो ।


महाशाखा प्रमुख खनालका अनुसार सडक विभागले ८० मिटर भन्दामाथिको बेलिब्रिज भारत सरकार सँग माग गरेको र आउने वित्तिकै जडान प्रक्रिया सुरु गरिने बताउनु भयो । पुलको ८० मिटरको भाग बगाएको हुनाले त्यसैमा बेलिबृज जोड्न ८० मिटरभन्दा लामो बेलिबृज आवश्यक हुन्छ, हाल नेपालमा उपलब्ध नभएकोले भारतबाट मगाईएको कुरा भौतिक पूर्वाधारमन्त्री मा. देबेन्द्र दाहालले बताउनु भएको एमाले नेता तथा संविधान सभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।


नेता भट्राईका अनुसार हिउँद बर्षामा चल्ने गरी बेलिबृज तत्काल जोड्ने र अर्को स्थायी पुलको कार्य अघि बढाउने गरि प्रक्रिया अघि बढाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register