विपक्षी दलहरूलाई महन्थले सुनाए सरकारमै रहेर पीडित भएको पीडा !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा सत्तापक्ष दलहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसमेत सहभागी भए । यसपछि यस सम्बन्धमा बालुवाटार र बूढानीलकण्ठले चासो व्यक्त गरेका छन् । लोसपा र नाउपा नेकपा (एमाले) का […]

Oct 18, 2024 - 11:11
 0
विपक्षी दलहरूलाई महन्थले सुनाए सरकारमै रहेर पीडित भएको पीडा !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा सत्तापक्ष दलहरू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसमेत सहभागी भए ।

यसपछि यस सम्बन्धमा बालुवाटार र बूढानीलकण्ठले चासो व्यक्त गरेका छन् । लोसपा र नाउपा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमै सहभागी छन् । लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । यस्तै नाउपाबाट अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

तर, सरकारमै रहेको बेला महन्थ-रञ्जिता विपक्षी दलहरूको बैठकमा सहभागी भएको भन्दै सत्तापक्षभित्र खैलाबैला मच्चिएको छ । यसप्रति प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चासो राखेका छन् ।

महन्थ त बैठकको सुरुमै पुगेका थिए तर, रञ्जिता भने पुग्नेबित्तिकै बैठक सकियो । तर, उनीहरू दुबैले आफूलाई झुक्काएर बोलाएको बताएका छन् । महन्थका स्वकीय सचिव सत्यन्द्र मिश्रले झुक्काएर बैठकमा बोलाउने काम भएको बताए ।

विपक्षी दलहरूको बैठक ।

यता रञ्जिताले पनि प्रचण्डले बोलाएपछि आफू गएको बताएका छन् । “प्रचण्डज्यूले बोलाउनुभयो, म गएँ । तर, म सहभागी हुन पाइनँ । म पुग्नेबित्तिकै बैठक सकियो । पुग्नचाहिँ पुगेकी थिएँ,” उनले भने ।

त्यसो त बैठकमा स्वयम् प्रचण्डले नै फोन गरेर दुबैलाई बोलाएका थिए । प्रचण्डले समसामयिक विषयमा कुराकानी गर्ने भनेपछि आफूहरू उपस्थित भएको उनीहरूले बताएका छन् ।

तर, बकैदा बैठकमै सहभागी भएका महन्थले भने खुलेर सरकारमै हुँदाको पीडा सुनाएका छन् । बैठकमा सहभागी भएका एक नेताले महन्थले सरकारमै रहँदा पनि आफूहरू पीडित नै भएको पीडा सुनाएका छन् ।

महन्थलाई उद्धृत गर्दै ती नेताले भने, “सत्तामा भए पनि हामी पीडित नै हौँ । सत्तापक्षमा भए पनि सत्तामा भएजस्तो महसुस भएको छैन । हाम्रा नेताहरू बन्दीको बन्दी नै छन् । बरु विपक्षी दलहरूको माग पूरा भएका छन् ।”

सत्तापक्षमा समस्या हुँदैन : एमाले

सत्तारूढ दल नेकपा (एमाले) ले भने महन्थ-रञ्जिता विपक्षी दलहरूको बैठकमा सहभागी भएको कुरालाई लिएर सत्तापक्षमा कुनै समस्या नहुने बताउँछ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले भने, “किन सहभागी हुनुभयो, किन त्यहाँ बोलाइयो, उहाँहरूले नै जान्ने कुरा भयो । तर, यही कुराले चाहिँ सरकारमा समस्या हुन्छ जस्तो लाग्दैन ।”

  • सम्बन्धित समाचार

बन्यो ‘विपक्षी कार्यदल’, के काम गर्छ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register