तीन महिनामा एक लाख ७० हजार बढीले लिए श्रम स्वीकृत

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार बिभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख ७० हजार ५ सय ९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या दिनानु दिन बढ्दो छ । श्रम स्वीकृति लिनेमा एक लाख ४९ […]

Oct 18, 2024 - 11:29
 0
तीन महिनामा एक लाख ७० हजार बढीले लिए श्रम स्वीकृत

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार बिभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख ७० हजार ५ सय ९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या दिनानु दिन बढ्दो छ ।

श्रम स्वीकृति लिनेमा एक लाख ४९ हजार ६ सय ४३ जना पुरुष र २० हजार ९ सय ५० जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ लाख ६२ हजार ६ सय ९४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

विभागको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपालीहरु युएई, साउदी अरेबिया, कतार, कुबेद, रोमानियालगायतका देशहरुमा जान श्रम स्वीकृति लिएको पाइएको छ । असोज महिनामा मात्रै युएई जानको लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । युएईका लागि १७ हजार ७२४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा १५ हजार ५४१ पुरुष र २ हजार १८३ महिला रहेका छन् ।

त्यस्तै, साउदी अरेबियाका लागि १० हजार ४६८, कतारका लागि ९ हजार ७९८, कुवेतका लागि ३ हजार ८०७, रोमानियाका लागि २ हजार २०४ जनाले श्रम स्वीकृति लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register