रवि पक्राउ पर्ने हल्लापछि रास्वपाको पार्टी कार्यालयमा भीड 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लापछि रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।   शुक्रबार लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हल्ला चलेपछि बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा नेता/कार्यकर्ताको भीड लागेको हो ।  हाल पार्टी कार्यालयमा केन्द्रीय सदस्यसँगै रास्वपा नेताहरुको आवतजावत बाक्लिएको छ । यसअघि पनि असोज […]

Oct 18, 2024 - 11:41
 0
रवि पक्राउ पर्ने हल्लापछि रास्वपाको पार्टी कार्यालयमा भीड 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लापछि रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।  

शुक्रबार लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हल्ला चलेपछि बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा नेता/कार्यकर्ताको भीड लागेको हो । 

हाल पार्टी कार्यालयमा केन्द्रीय सदस्यसँगै रास्वपा नेताहरुको आवतजावत बाक्लिएको छ । यसअघि पनि असोज ६ गने रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गर्दा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । 

सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको भन्दै सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले रविलाई जिम्मेवार ठहर गरेको थियो । सोही प्रकरणमा गितेन्द्रबाबु राई फरार छन् भने छविलाल जोशी पक्राउ परेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register