सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्री दर […]

Oct 21, 2024 - 06:25
 0
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्री दर एक सय ४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५५ रुपैयाँ १७ पैसा र बिक्री दर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैँया १ पैसा र बिक्री दर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ४२ पैसा र बिक्री दर एक सय २ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर खाठ रुपैयाँ ९८ पैसा र बिक्री दर नौ रुपैयाँ २ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५ पैसा र बिक्री दर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ५५ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्री दर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ९२ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ९८ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ ७९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register