नक्कली शरणार्थी प्रकरणमा नाम आएकाजतिलाई अनुसन्धान गर्न नेकपा एसको माग

नक्कली शरणार्थी प्रकरणमा नाम आएकाजतिलाई अनुसन्धान गर्न नेकपा एसको माग
नक्कली शरणार्थी प्रकरणमा नाम आएकाजतिलाई अनुसन्धान गर्न नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराए । अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान लाग्नुभएको खतिवडाले बताए ।