सातौं अन्तरराष्ट्रियआमन्त्रित राइनो गोल्ड कप सुरु

नवलपरासी । दुर्लभ एकसिङ्गे गैंडा संरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कोल्हुवामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ । मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् । खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण […]

Oct 19, 2024 - 08:58
 0
सातौं अन्तरराष्ट्रियआमन्त्रित राइनो गोल्ड कप सुरु

नवलपरासी ।

दुर्लभ एकसिङ्गे गैंडा संरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कोल्हुवामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ ।

मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् ।

खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् । भारतको मणिपुरबाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राइनो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित रु आठ लाख पुरस्कार हात पार्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगिता विसं २०७०देखि सञ्चालन हुँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register