झापामा यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

झापा, ३ कात्तिक । झापाको कमल गाउँपालिकामा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो कमल गाँउपालिका–५ रबि पेट्रोल पम्पस्थित पुर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा [...] The post झापामा यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

Oct 19, 2024 - 12:42
 0
झापामा यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

झापा, ३ कात्तिक । झापाको कमल गाउँपालिकामा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो कमल गाँउपालिका–५ रबि पेट्रोल पम्पस्थित पुर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ केराबारी गाँउपालिका–७ का ५५ वर्षीय पदम मुकारुम राईको घटना स्थलमै मृत्यु भएको हो ।

उक्त घटनापछि स्थानीयबासी आक्रोसित भई उक्त बसलाई ढुङगा, मुडा गरी सिसा तोडफोड गरेर आगजनी गर्दा अगाडीको भागमा सामान्य क्षति भएको छ । बस चालक गौरादह नगरपालिका–१ का ३५ वर्षीय सञ्जय नेपाली इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिएको छ ।

The post झापामा यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register