भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ। शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरू […]

Oct 20, 2024 - 07:18
 0
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु

काठमाडौं ।

भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ। शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृतकहरू सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register