रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइन : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषय ठिक रहेको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले अनुसन्धान हुनु सही र स्वाभाविक भएको बताएका हुन् । अरू विपक्षी दलहरूले पक्राउको विरोध गर्दै गर्दा विपक्षी जनमोर्चाले भने स्वागत गर्दै […]

Oct 20, 2024 - 09:49
 0
रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइन : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषय ठिक रहेको जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले अनुसन्धान हुनु सही र स्वाभाविक भएको बताएका हुन् ।

अरू विपक्षी दलहरूले पक्राउको विरोध गर्दै गर्दा विपक्षी जनमोर्चाले भने स्वागत गर्दै पूर्वाग्रहका आधारमा पक्राउ नभएको दाबी गरेको छ ।

‘‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तर तत्कालीन माओवादी–एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले आरोप लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register