भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका

भक्तपुर । यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा […]

Nov 1, 2024 - 06:09
 0
भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका

भक्तपुर । यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन् ।

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register