ब्यारिगेट तोडेको भिडिओ खिचेको भन्दै रास्वपा कार्यकर्ताले गरे पत्रकारमाथि हातपात

प्रहरीले निषेधित क्षेत्र तोक्न लगाएको ब्यारिगेट तोडेको भिडिओ खिच्न लागेपछि त्यसो नगर्न भन्दै कार्यकर्ताहरूले रोकेका थिए ।

Oct 20, 2024 - 10:31
 0
ब्यारिगेट तोडेको भिडिओ खिचेको भन्दै रास्वपा कार्यकर्ताले गरे पत्रकारमाथि हातपात

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि पोखरामा पत्रकारमाथि हातपात क्यामरा तोडफोडको प्रयास गरेका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ताले आन्दोलनको प्रसारण गरिरहेका अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा जर्नालिष्टमाथि हातपात गरेका हुन् ।

लामिछानेलाई जिल्ला अदालतमा म्याद थप गर्न लैजानुअघि आइतबार बिहान ११ः३० बजेतिर पोखराको शहीद चोकमा ‘भिडिओ नखिच्न’ भन्दै पत्रकार नीरज तामाङ, अनिता घिमिरे र क्यामरा जर्नालिष्ट अर्जुन भण्डारीमाथि आक्रमण गरेका हुन् ।

प्रहरीले निषेधित क्षेत्र तोक्न लगाएको ब्यारिगेट तोडेको भिडिओ खिच्न लागेपछि त्यसो नगर्न भन्दै कार्यकर्ताहरूले रोकेका बताइएको छ ।

क्यामरा समेत तोडफोड प्रयासको उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ । महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नागरिकलाई सूचनामा पहुँच गराउने पत्रकारहरूमाथि भएको यो घटनाले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो । यो घटनाले पत्रकारको र नागरिकको संविधान प्रदत्त अधिकारमा हस्तक्षेप भएको महासङ्घ ठहर छ । महासङ्घ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।’

पोखराको प्रदर्शनमा नाराबाजीसहित भीड अनियन्त्रित हुन थालेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रृग्यास समेत हानेको छ । पानीको फोहोरा र अश्रुग्यास हानेपछि रास्वपाका कार्यकर्ताहरू अहिले तितरबितर भएका छन् । अझै पनि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register