सेयर बजारमा भारी गिरावट, कारोबार रकम ८ अर्ब १८ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेर २६९७ दशमलव ९१ को विन्दुमा पुगेको छ । आज ३१५ कम्पनीका ८८ हजार ७ सय १४ पटकको कारोबारमा २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री भएको […]

Oct 20, 2024 - 10:43
 0
सेयर बजारमा भारी गिरावट, कारोबार रकम ८ अर्ब १८ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेर २६९७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

आज ३१५ कम्पनीका ८८ हजार ७ सय १४ पटकको कारोबारमा २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, १३ उपसमूहमध्ये १२ वटा घट्दा म्युचुअल फन्ड स्थिर रहेको छ भने गुडविल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । १८ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटाको घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register