आन्दोलनका लागि तयार रहन जनमतको निर्देशन

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन आफ्ना  पार्टीका नेताहरूलाई निर्देशन दिएको छ ।  बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । पार्टीका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन भनिएको हो । यादवले देशको विषम राजनीतिक परिस्थितिलाई […]

Oct 20, 2024 - 13:55
 0
आन्दोलनका लागि तयार रहन जनमतको निर्देशन

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन आफ्ना  पार्टीका नेताहरूलाई निर्देशन दिएको छ ।  बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो ।

पार्टीका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन भनिएको हो । यादवले देशको विषम राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीको सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको जनाए  ।

बैठकले   मंसिरमा  हुने स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।  समितिलाई कार्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

बैठकले २०८४ मा हुने आगामी  निर्वाचनमा बहुमतले तिनै तहमा सरकार बनाउनका लागि हरेक किसिमको तयारी गर्ने निर्णय समेत गरिएको यादवले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register