साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको एकल इजालसले  वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने  प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साम्पाङले उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै  ११ का वडा […]

Oct 20, 2024 - 14:49
 0
साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको एकल इजालसले  वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने  प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

साम्पाङले उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै  ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत उडेका थिए ।

अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register