आईसीसी महिला टी–२० को उपाधि न्यूजिल्याण्डलाई

दुवई । आईसीसी महिला टी–२० विश्वकप २०२४ उपाधि न्यूजिल्याण्डले हात पारेको छ । दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले ३२ रनले हराउँदै उपाधि जितेको हो । यस खेलमा दक्षिण अफ्रिकाको महिला टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । किवीले अवसरको फाइदा उठाउँदै पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५८ रन बनाएको […]

Oct 21, 2024 - 01:01
 0
आईसीसी महिला टी–२० को उपाधि न्यूजिल्याण्डलाई

दुवई । आईसीसी महिला टी–२० विश्वकप २०२४ उपाधि न्यूजिल्याण्डले हात पारेको छ । दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले ३२ रनले हराउँदै उपाधि जितेको हो ।

यस खेलमा दक्षिण अफ्रिकाको महिला टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । किवीले अवसरको फाइदा उठाउँदै पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाकाको टिमले लगातार विकेट गुमायो । न्यूजिल्याण्डले आफ्नो प्रतिद्वन्द्वीलाई २० ओभरमा ९ विकेट गमाउँदै १२६ रनमा रोक्यो र उपाधि जित्यो ।

न्यूजिल्याण्ड पहिलो पटक विश्वकप च्याम्पियन भएको हो । जितसँगै आईसीसीले न्यूजल्याण्डलाई २.३ मिलियन अमेरिकी डलर उपलब्ध गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register