टी २० सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। ग्रान्ड प्रेरि स्टेडियममा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यससँगै नेपालले पहिल बलिङ गर्ने भएको हो । सिरिजको पहिलो २ खेलमा भने नेपालले पहिले ब्याटिङ गरेको थियो। ३ खेलको टी २० सिरिजमा लगातार […]

Oct 21, 2024 - 01:01
 0
टी २० सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यससँगै नेपालले पहिल बलिङ गर्ने भएको हो ।

सिरिजको पहिलो २ खेलमा भने नेपालले पहिले ब्याटिङ गरेको थियो।

३ खेलको टी २० सिरिजमा लगातार २ खेलमा जित हासिल गरेर नेपालले सिरिज जितिसकेको छ।

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो। यससँगै नेपालले एक खेल अगाव नै सिरिज जितेको थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register