इलाममा डेङ्गुको त्रास कायमै

इलाम, १२ कात्तिक । कात्तिक महिना शुरु भइसक्दा पनि इलाममा डेङ्गुको त्रास भने कायमै रहेको पाइएको छ । अहिले पनि अस्पताल आएकाहरुमा डेङ्गु संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना शुरु  भएयता तीन जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याकं अनुसार गएको साउन महिना [...] The post इलाममा डेङ्गुको त्रास कायमै appeared first on Jhapa Online.

Oct 28, 2024 - 13:14
 0
इलाममा डेङ्गुको त्रास कायमै

इलाम, १२ कात्तिक । कात्तिक महिना शुरु भइसक्दा पनि इलाममा डेङ्गुको त्रास भने कायमै रहेको पाइएको छ । अहिले पनि अस्पताल आएकाहरुमा डेङ्गु संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना शुरु  भएयता तीन जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याकं अनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको संक्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस  देखिएको बताइएको छ । 

अस्पताल आएका कतिपय बिरामी जिल्लामै उचपार गरेर घर फर्कने  गरेका छन् भने कतिपय  झापाका अस्पतालमा रेफर  गरिएको अस्पतालका  व्यवस्थापक क्षितिज खतिवडा बताए । जिल्लाका अन्य पालिकाहरुमा पनि फाटफुट रुपमा डेङ्गुका विरामी भेटिने गरेको स्वास्थ्य  कार्यालयका प्रवक्ता बिमल बरालले जानकारी दिए । बरालका अनुसार अहिले सदरमुकाममा डेङ्गुु नियन्त्रणको खास कार्यक्रम नभएपनि पालिकाहरुमा भने खोज र नष्ट गर अभियान पालिकाहरुले गरिरहेका छन् । 

‘अझै पनि डेङ्गुको त्रास कायमै छ । जतातै पानी जम्मा भएको स्थानको सरसफाइमा ध्यान पुु¥याउनै पर्छ ।’ प्रवक्ता बरालले भने ‘चिसो शुरुभएपनि लामखुट्टे भने अझै रहेको छ । झुल लगाएर सुुत्ने, लामखुट्टेका लार्भाहरु मार्ने काममा सबैले  ध्यान दिन आवश्यक छ ।

The post इलाममा डेङ्गुको त्रास कायमै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register