मेची भन्सारले उठायो तीन अर्ब ५८ करोड ९० लाख राजश्व सङ्कलन

भद्रपुर, ५ कात्तिक । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालू आव २०८१/०८२मा उक्त कार्यालयले रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको [...] The post मेची भन्सारले उठायो तीन अर्ब ५८ करोड ९० लाख राजश्व सङ्कलन appeared first on Jhapa Online.

Oct 21, 2024 - 02:38
 0
मेची भन्सारले उठायो तीन अर्ब ५८ करोड ९० लाख राजश्व सङ्कलन

भद्रपुर, ५ कात्तिक । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजश्व सङ्कलन गरेको छ ।

उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालू आव २०८१/०८२मा उक्त कार्यालयले रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/०८१को सोही अवधिमा रु. तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालू आवको पहिलो तीन महिनामा रु. १९ करोड १७ लाख ४१ हजारले बढी हो ।

आव २०८०/०८१ मा रु. १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजश्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/०८२ मा गत आवको भन्दा रु. ९१ करोड ३२ लाख ४३ हजारले राजश्वको लक्ष्य घटाइएको छ ।

The post मेची भन्सारले उठायो तीन अर्ब ५८ करोड ९० लाख राजश्व सङ्कलन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register