बेलायतका तामाङहरुबीच एकता, सोनाम ल्होसार एउटै मञ्चमा मनाउने सहमति

लन्डन । अन्तत: बेलायतका तामाङ जाती एक हुने भएका छन् । बेलायतमा सक्रिय ५ संस्थाहरुले अब एउटै मञ्चमा सोनाम ल्होसार मनाउन सहमति जनाउंदै एकताको सन्देश दिएका हुन् ।  आइतबार बेलायतको रेडिङस्थित होलिडे इन होटेलमा ५ संस्थाका प्रतिनिधिहरुको सामूहिक बैठकले उक्त निर्णय गरेको हो ।  मन्जुश्री सम्वत २८६१ औं सोनाम ल्होसारको शुभ अवसरमा आगामी जनवरी २५ […]

Oct 21, 2024 - 05:36
 0
बेलायतका तामाङहरुबीच एकता, सोनाम ल्होसार एउटै मञ्चमा मनाउने सहमति

सामूहिक बैठक

लन्डन । अन्तत: बेलायतका तामाङ जाती एक हुने भएका छन् ।

बेलायतमा सक्रिय ५ संस्थाहरुले अब एउटै मञ्चमा सोनाम ल्होसार मनाउन सहमति जनाउंदै एकताको सन्देश दिएका हुन् । 

आइतबार बेलायतको रेडिङस्थित होलिडे इन होटेलमा ५ संस्थाका प्रतिनिधिहरुको सामूहिक बैठकले उक्त निर्णय गरेको हो । 

मन्जुश्री सम्वत २८६१ औं सोनाम ल्होसारको शुभ अवसरमा आगामी जनवरी २५ का दिन सामूहिक रुपमा एक विशाल ल्होसार कार्यक्रम गर्ने उनीहरुको अठोट छ ।

लन्डनस्थित ह्यारो लिजर सेन्टरमा सोनाम ल्होसार मनाइने छ ।  

बैठकमा उपस्थित ल्ह म्हेंदो समाज लण्डनका अध्यक्ष आइतसिंह मम्बाले प्रारम्भिक चरणको छलफल अत्यन्त सकारात्मक रहेको र अन्तिम तयारीका लागी अन्य चरणका सामूहिक बैठकहरु बसी कार्यक्रम भब्य रुपले गरिने प्रतिबद्धता ब्यक्त गरिएको जानकारी दिए ।  

उक्त सामूहिक बैठकमा ल्ह म्हेंदो समाज लन्डन, म्हेंदोमाया समाज यूके, तामाङ समाज यूके, तामाङ घेदुङ रेडिङ र आसफोर्ड केन्ट तामाङ समाजका प्रतिनिधिको उपस्थिति थियो । बैठकमा नेपाल तामाङ घेदुङका पूर्व संघीय कार्यवहाक अध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व अध्यक्ष कुमबहादुर योञ्जन तामाङको पनि विशेष उपस्थिति थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register