लन्डनमा नेपालीले गरे ‘टेन के रन’, ३८३ धावक सहभागी

लन्डन— उत्तर लन्डनस्थित नर्थोल्ट पार्क आइतबार बिहानैदेखि व्यस्त देखिन्थ्यो । टाढा टाढाबाट नेपाली तथा अन्य समुदायका धावकहरु भेला भइरहेका थिए। नेपालको तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि त्यहाँ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमको शुरुमा  इलिङ नर्थबाट निर्वाचित लेबर साम्सद  […]

Oct 28, 2024 - 06:54
 0
लन्डनमा नेपालीले गरे ‘टेन के रन’, ३८३ धावक सहभागी


लन्डन— उत्तर लन्डनस्थित नर्थोल्ट पार्क आइतबार बिहानैदेखि व्यस्त देखिन्थ्यो । टाढा टाढाबाट नेपाली तथा अन्य समुदायका धावकहरु भेला भइरहेका थिए।

नेपालको तर्फबाट चारपटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि त्यहाँ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रमको शुरुमा  इलिङ नर्थबाट निर्वाचित लेबर साम्सद  जेम्स मरीले शुभकामना दिए। उनले दौडको माध्यमबाट नेपाली तथा अन्य समुदायलाई एकजुट गर्ने पहल गरेको भन्दै आयोजक नेपाल रन यूकेलाई धन्यवाद दिए।  

नर्थला पार्क, नर्थहोल्टमा आयोजित ‘नर्थहोल्ट टेन के रन’ मा  ३८३ जना धावक सहभागी भएको कार्यक्रम संयोजक सन्तोष राईले जनाए । दौडमा नेपाली बाहेक अन्य समुदायका धावकहरु पनि सहभागी थिए। 

पुरुषतर्फ इलियास अहमदले ३९ मिनट २९ सेकेन्डमा १० किमि दौड पुरा गरेर पहिलो भए भने महिलातर्फ फ्रान्सेस्का बुटले ३९ मिनट ४४ सेकन्डमा पुरा गरेर पहिलो भइन्। 

त्यस्तै भेट्रान्स पुरुषतर्फ अमृत श्रेष्ठ तथा भेट्रान्स महिलातर्फ धन कुमारी गुरुङ पहिलो भएका थिए। सुपर भेट्रान्स पुरुषतर्फ मार्टिन दाउद तथा  सुपर भेट्रान्स महिलातर्फ गुर्मीत लल्ली प्रथम घोषित गरिए।


विजेता धावकहरुलाई मेडल वितरण गर्दै ओलम्पियन बैकुण्ठ मानन्धरले बेलायतमा यति ठूलो संख्यामा नेपाली धावकहरुसंग भेट्न पाउँदा आफूलाई निकै खुसी लागेको जनाए। उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि नियमित रुपमा पैदल यात्रा गर्न वा दौडन सुझाव दिए।

मेयर हर्क साम्पाङले सबै सहभागीहरुलाई बधाई दिए। उनले अरु खेलाडीहरुसंग हैन आफ्नै शरीरमा रहेको प्रेसर, कोलेस्टोरल र डायबिटिजसंग प्रतिस्पर्धा गर्न सुझाव दिए।    

बिहान ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि आयोजना गरिएको थियो । फार्नबराबाट आएका स्कुले छात्राहरुले धावकहरुलाई पानी पिलाउने, फोहर उठाउने जस्ता काम गरेका थिए। नेपाली महिला मार्शलहरुले लोकप्रिय गीत बजाउँदै धावकहरुको मनोबल बढाएका थिए।    

उक्त दौडको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले गरेको थियो ।


समुदायमा स्वास्थ्य र तन्दुरुस्तीको चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले जुम्लामा सुरु गरेको ‘हाइ अल्टिच्युड ट्रेनिङ क्याम्प’ बनाउन र गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग गर्ने उद्देश्य रहेको संस्थापक मध्यका एक पदाधिकारी जगन कार्कीले बताए ।

कोभिड १९ महामारी पछि बेलायतमा अन्य समुदायजस्तै नेपाली समुदायमा पनि दौड लगायतका व्यायामप्रति आकर्षण बढ्दै गएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register