तीन दिनमै रद्द गरियो मोरङ प्रहरी प्रमुखमा सरुवा भएका लिम्बूको काज

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखमा एसपी राजन लिम्बूलाई खटाउने निर्णय तीन दिनमै फेरिएको छ । गत शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले मोरङ प्रमुखमा एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो । तर, सोमबार लिम्बूको काज सरुवा रद्द गर्दै एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरेको हो । यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट […]

Oct 21, 2024 - 08:43
 0
तीन दिनमै रद्द गरियो मोरङ प्रहरी प्रमुखमा सरुवा भएका लिम्बूको काज

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखमा एसपी राजन लिम्बूलाई खटाउने निर्णय तीन दिनमै फेरिएको छ ।

गत शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले मोरङ प्रमुखमा एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो । तर, सोमबार लिम्बूको काज सरुवा रद्द गर्दै एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरेको हो ।

यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ ।

लिम्बू प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)समेत भइसकेका प्रहरी अधिकृत हुन् । स्रोतकाअनुसार कांग्रेस नेताहरुले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो ।

लिम्बू ताप्लेजुङको इन्चार्ज हुँदा विसं २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले धम्की दिएका थिए । त्यसपछि कांग्रेस नेताहरु उनीसँग असन्तुष्ट रहेकोले तीन दिनमै सरुवा भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register