टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं। टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। ग्रान्ड प्रेरिमा शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन बनायो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए। नेपालका लागि दीपेन्द्र सिंह […]

Oct 18, 2024 - 06:29
 0
टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं। टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ।

ग्रान्ड प्रेरिमा शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन बनायो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १-१ विकेट लिए। दीपेन्द्रले १५ ओभरको पहिलो र दोस्रो बलमा पाँचौं र छैंटौं विकेट तथा अन्तिम ओभरमा आफ्नो तेस्रो विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो।

नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २ २ विकेट लिए।

नेपाल र अमेरिकाबीच दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register