तिहारका लागि दियो बनाउन भ्याइनभ्याइ… (तस्विरहरु)

काठमाडौँ । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ […]

Oct 21, 2024 - 08:55
 0
तिहारका लागि दियो बनाउन भ्याइनभ्याइ… (तस्विरहरु)

काठमाडौँ । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर, अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । वर्षेनी तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ ।

अहिले सामान्य पालाको मुल्य १२ वटाको ४० रुपैयाँ अनि फुलरबुट्टावाला पालाको १ वटाको २० रुपैयाँमा बिक्री भईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register