बीओपी केचनाले समात्यो अवैध सामान

झापा, ५ कात्तिक । झापाको कचनकवल गाउँपालिका-४ पूर्व लोदाबारी सीमाबाट सशस्त्र प्रहरी बल नेपाल, बिओपी केचनाका सशस्त्र प्रहरी निरीक्षक श्यामबहादुर लिम्बुको कमाण्डमा खटिएको गस्ती टोलीले सोमबार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याइएका विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । गस्ती टोलीले नम्बर नखुलेको ग्लामर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको १,३३,४०० रुपैयाँ मूल्यको लत्ताकपडा र [...] The post बीओपी केचनाले समात्यो अवैध सामान appeared first on Jhapa Online.

Oct 21, 2024 - 13:26
 0
बीओपी केचनाले समात्यो अवैध सामान

झापा, ५ कात्तिक । झापाको कचनकवल गाउँपालिका-४ पूर्व लोदाबारी सीमाबाट सशस्त्र प्रहरी बल नेपाल, बिओपी केचनाका सशस्त्र प्रहरी निरीक्षक श्यामबहादुर लिम्बुको कमाण्डमा खटिएको गस्ती टोलीले सोमबार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याइएका विभिन्न सामग्री नियन्त्रणमा लिएको छ ।

गस्ती टोलीले नम्बर नखुलेको ग्लामर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको १,३३,४०० रुपैयाँ मूल्यको लत्ताकपडा र ८०,००० रुपैयाँ मूल्यको मोटरसाइकल गरी जम्मा २,१३,४०० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो । उक्त सामग्रीलाई भद्रपुर भन्सार कार्यालयमा बुझाइएको शप्रनी श्याम बहादुर लिम्बूले जानकारी दिएका छन् ।

त्यसैगरी, सोही स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई सीमाअञ्चलमा स्टोर गरी राखेको ११,१०० रुपैयाँ मूल्यका ३७ घरी केरा पनि नियन्त्रणमा भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चाडपर्वमा हुने भन्सार छली रोक्नका लागि निरन्तर गस्ती र अनुगमन गर्दै आएको छ ।

The post बीओपी केचनाले समात्यो अवैध सामान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register