सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको छ : डा भट्टराई

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री  समेत रहेका अध्यक्ष भट्टराईले पोखरामा  पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले सरकारले आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएको आरोप समेत लगाए । कुनै व्यक्तिको पहलले भ्रष्टचार नियन्त्रण नहुने तर्क गर्दै […]

Oct 21, 2024 - 14:19
 0
सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको छ : डा भट्टराई

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री  समेत रहेका अध्यक्ष भट्टराईले पोखरामा  पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले सरकारले आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएको आरोप समेत लगाए ।

कुनै व्यक्तिको पहलले भ्रष्टचार नियन्त्रण नहुने तर्क गर्दै उनले देशको संस्थाहरू कमजोर राखेर कुनै पनि महान कोही व्यक्ति आएर भ्रष्टाचार रोक्न नसक्ने जिकिर गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा भट्टराईले शक्तिशाली लोकपाल बनाएर दलका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने  बताए ।

उनले जबसम्म शक्ति केन्द्रहरूले यहाँ घुसपेठ गरिरहन्छन्  तिनको चंगुलबाट बाहिर नआएसम्म सुशासन हुननसक्ने तर्क गरे । उनले भने, ‘विधिको शासन र अर्थतन्त्र कमजोर राख्दा ठूला कमिसनखोरसँग नमिली पार्टीहरूको ढुकुटी चल्दैन, चुनाव जितिंदैन, सत्ता चल्दैन ।’

डा. भट्टराईले आफूले अगाडि बढाएको ५ ‘स’ हुँदै समृद्धिसम्म पुग्ने बाटो सही भएको जिकिर गरे । उनले देश अहिलेकै तरिकाले गइरह्यो भने १० वर्षभित्र   गम्भीर संकटमा पर्ने बताए । उनले  देश जोगाउन पनि छिटो समृद्धिमा गएर युवाहरूलाई देशभित्रै राखेर राष्ट्रिय स्वाधिनता संरक्षण गर्ने नेपाल समाजवादीको बाटो रहेको बताए ।

युक्रेनदेखि गाजासम्म भइरहेको नरसंहारमा विश्वका शक्तिहरू आआफ्नो स्वार्थमा केन्द्रित भएर मौन बसेको बताउँदै उनले  संयुक्त राष्ट्र संघलाई ‘पंगु संस्था’को संज्ञा दिए ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register