माल्दिभ्सविरुद्ध नेपालको ११ गोल, रेखाको पाँच र प्रीतिको ह्याट्रिक

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले ११-० को फराकिलो अन्तरको जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे । च्याम्पियनसिपमा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा […]

Oct 21, 2024 - 15:01
 0
माल्दिभ्सविरुद्ध नेपालको ११ गोल, रेखाको पाँच र प्रीतिको ह्याट्रिक

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले ११-० को फराकिलो अन्तरको जित हासिल गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे ।

च्याम्पियनसिपमा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा छ ।

दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register