एनपीएल : अकिब इलियास विराटनगर किंग्समा अनुबन्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको टोली विराटनगर किंग्सले ओमानको राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इलियासलाई टोलीमा अनुबन्ध गरेको छ। आईतबार विराटनगर किंग्सले आफ्नो सामाजिक संजालमार्फत अकिबलाई टोलीमा अनुबन्ध गरेको जानकारी गराएको हो। टोलीले अकिबलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ। भिडियो सन्देशमा अकिबले भने, ‘एनपीएलको पहिलो संस्करणमा विराटनगरसँग जोडिनु पाउँदा निकै उत्साहित छु। भारी […]

Oct 20, 2024 - 09:01
 0
एनपीएल : अकिब इलियास विराटनगर किंग्समा अनुबन्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको टोली विराटनगर किंग्सले ओमानको राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इलियासलाई टोलीमा अनुबन्ध गरेको छ।

आईतबार विराटनगर किंग्सले आफ्नो सामाजिक संजालमार्फत अकिबलाई टोलीमा अनुबन्ध गरेको जानकारी गराएको हो। टोलीले अकिबलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

भिडियो सन्देशमा अकिबले भने, ‘एनपीएलको पहिलो संस्करणमा विराटनगरसँग जोडिनु पाउँदा निकै उत्साहित छु। भारी संख्यामा आएर आफ्नो टोली विराटनगरलाई समर्थन गर्नु हुने आशा लिएको छु। प्रतियोगिता अत्याधिक भव्य विश्वास बोकेको छु।’

अकिबले ओमानकोे ३२ एकदिवसीय र ५६ टी–२० खेलमा खेलिसेका छन्। सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन्।
विराटनगरले केभिन ओ’ब्रायनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register