झापाको हल्दिबारीबाट १३ जना जुवाडे पक्राउ

हल्दिबारी, ६ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकाबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ । हल्दिबारी–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरुमा हल्दिबारी– १ का ६३ वर्षीय यज्ञराज त्रिताल, सोही [...] The post झापाको हल्दिबारीबाट १३ जना जुवाडे पक्राउ appeared first on Jhapa Online.

Oct 22, 2024 - 00:56
 0
झापाको हल्दिबारीबाट १३ जना जुवाडे पक्राउ

हल्दिबारी, ६ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकाबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ ।

हल्दिबारी–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा हल्दिबारी– १ का ६३ वर्षीय यज्ञराज त्रिताल, सोही ठाउँका ४५ वर्षीय बीरबहादुर गुरुङ, ४२ वर्षीय रामनाथ साह, ६१ वर्षीय भानुभक्त नेपाली, ६२ वर्षीय अशोक राई, ६१ वर्षीय सरोज दाहाल, ३८ वर्षीय प्रकाश गिरी,बिर्तामोड– ५ का ५२ वर्षीय राजन चुडाल, भद्रपुर १० का ५५ वर्षीय राजेन्द्र तुलाधर , सोही ठाउँका ४३ वर्षीय माधव भट्टराई , ५८ वर्षीय रामबाबु राउत, भद्रपुर–७ का ४५ वर्षीय विशाल अधिकारी र भद्रपुर–८ का सुवास न्यौपाने रहेका छन् ।

उनीहरुको साथबाट नगद ८३ हजार दुई सय ८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल एक थान, काठको फ्रेम एक थान, स्क्रिन टच मोबाइल ११ र किप्याड दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post झापाको हल्दिबारीबाट १३ जना जुवाडे पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register