ऋणमाथि ऋण थुपार्दै सरकार, ३ महिनामै लियो १ खर्ब ३६ अर्ब ऋण, तिर्न बाँकी ऋण सवा २५ खर्ब नाघ्यो !

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे एक खर्ब सार्वजनिक ऋण लिएको छ । सरकारले साउन, भदौ र असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको हो । जसमध्ये १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण भएको अर्थ मन्त्रालय […]

Oct 22, 2024 - 03:43
 0
ऋणमाथि ऋण थुपार्दै सरकार, ३ महिनामै लियो १ खर्ब ३६ अर्ब ऋण, तिर्न बाँकी ऋण सवा २५ खर्ब नाघ्यो !

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे एक खर्ब सार्वजनिक ऋण लिएको छ । सरकारले साउन, भदौ र असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

जसमध्ये १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण भएको अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

योसँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार यस अवधिमा सरकारले ६९ अर्ब ३ करोड रुपैयाँ ऋण तिरेकोसमेत छ । 

हाल नेपाल सरकारको नाममा आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्य ऋणको हिस्सा १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register