सेयर बजारबाट ३ महिनामा ७ अर्ब पुँजीगत लाभकर संकलन

काठमाडौँ । पछिल्लो तीन महिनामा सेयर बजारबाट सरकारले झण्डै साढे ७ अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार यसअवधिमा सरकारले ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो । जसमध्ये सबैभन्दा धेरै साउनमा ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएको सीडीएससीको तथ्यांकमा उल्लेख छ […]

Oct 22, 2024 - 03:25
 0
सेयर बजारबाट ३ महिनामा ७ अर्ब पुँजीगत लाभकर संकलन

काठमाडौँ । पछिल्लो तीन महिनामा सेयर बजारबाट सरकारले झण्डै साढे ७ अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार यसअवधिमा सरकारले ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो ।

जसमध्ये सबैभन्दा धेरै साउनमा ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएको सीडीएससीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ र असोजमा ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको सीडीएससीले जनाएको छ । भदौको तुलनामा असोजको संकलन भएको पूँजीगत लाभकर ७७ प्रतिशत कम हो ।

हाल व्यक्तिगत सेयर लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा नाफाको ७.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड गरेर सेयर बिक्री गर्दा नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register