एनआईसी एशिया बैंकको नाफा ८९.०६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । एनआईसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख […]

Oct 23, 2024 - 07:25
 0
एनआईसी एशिया बैंकको नाफा ८९.०६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । एनआईसी एशिया बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । एनआईसी एशियाको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ७४ करोड थियो । त्यस्तै, संचालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको छ ।

बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ ।बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register