क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन

एजेन्सी । प्रिमियर लिगको गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै प्यालेसको जितविहीन यात्रा ८ खेलसम्म पुर्‍याएको छ। क्रिस उडको ६५औं मिनेटमा गरेको निर्णायक गोलले फरेस्टलाई तीन अंक दिलाएको हो, जसले टोलीलाई अंक तालिकामा आठौं स्थानमा उकासेको छ। यो जितसँगै नटिङ्हम फरेस्टले ८ खेलबाट १३ अंक जोडेको छ भने क्रिस्टल प्यालेस […]

Oct 22, 2024 - 04:31
 0
क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन

एजेन्सी । प्रिमियर लिगको गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै प्यालेसको जितविहीन यात्रा ८ खेलसम्म पुर्‍याएको छ।

क्रिस उडको ६५औं मिनेटमा गरेको निर्णायक गोलले फरेस्टलाई तीन अंक दिलाएको हो, जसले टोलीलाई अंक तालिकामा आठौं स्थानमा उकासेको छ।

यो जितसँगै नटिङ्हम फरेस्टले ८ खेलबाट १३ अंक जोडेको छ भने क्रिस्टल प्यालेस ८ खेलबाट मात्र ३ अंकसहित १८औं स्थानमा रहेको छ। पाँचौ हार भोगेको प्यालेसले यस सिजनमा ३ बराबरीबाट मात्र अंक जुटाएको छ, जसले टोलीलाई थप दबाबमा राखेको छ। अंक तालिकामा प्यालेसभन्दा तल साउथह्याम्पटन र वल्भ्स समान १ अंकसहित छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register