काठमाडौंसहित विभिन्न पालिकाले नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल विभिन्न पालिकाले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । काठमाडौं महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायतले सार्वजनिक स्थानमा खेल प्रत्यक्ष प्रसारण गर्न लागेको हो । काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरण तथा चावहिलमा खेल प्रसारण गर्नेछ । यस्तै, गोकर्णेश्वरले जोरपाटीस्थित डिजिटल सूचना बोर्ड र वीरेन्द्रनगरले बजारमा रहेको […]

Oct 30, 2024 - 08:20
 0
काठमाडौंसहित विभिन्न पालिकाले नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल विभिन्न पालिकाले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।

काठमाडौं महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायतले सार्वजनिक स्थानमा खेल प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरण तथा चावहिलमा खेल प्रसारण गर्नेछ । यस्तै, गोकर्णेश्वरले जोरपाटीस्थित डिजिटल सूचना बोर्ड र वीरेन्द्रनगरले बजारमा रहेको सिटी हलमा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।

नेपाल सन् २०२२ को फाइनलमा व्यहोरेको हारको बदला लिँदै पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register