समितिका सभापति र प्रमुख सचेतकसँग सभामुखको छलफल जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको संयुक्त छलफल जारी छ । बैठकमा आगामी संसद्को अधिवेशनमा बिजनेसबारे छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले छलफलमा निमन्त्रणा गरेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा […]

Oct 22, 2024 - 07:19
 0
समितिका सभापति र प्रमुख सचेतकसँग सभामुखको छलफल जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको संयुक्त छलफल जारी छ ।

बैठकमा आगामी संसद्को अधिवेशनमा बिजनेसबारे छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले छलफलमा निमन्त्रणा गरेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति समावेश छन् ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register