बाढीले क्षति गरेको पुल एक महिना अगावै पुनः निर्माण सम्पन्न

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुलको मङ्गलवार उद्घाटन गरिएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण क्षति भएको खुर्कोटको पुनः निर्माण पश्चात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गरेका हुन् । सुनकोसी नदीमा आएको […]

Oct 22, 2024 - 10:36
 0
बाढीले क्षति गरेको पुल एक महिना अगावै पुनः निर्माण सम्पन्न

रामेछाप ।

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुलको मङ्गलवार उद्घाटन गरिएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण क्षति भएको खुर्कोटको पुनः निर्माण पश्चात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गरेका हुन् ।

सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको पुलको रामेछापतर्फ करिब ५ सय मिटर क्षति गरेको थियो । पुलको पुनः निर्माणको जिम्मा नेपाली सेनाले पाएको थिए । नेपाली सेनाले एक महिना अगावै पुनः निमार्ण सम्पन्न गरेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १ सय मिटर लम्बाइ रहेको छ । रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल बगाएपछि सवारी साधना अरनिको राजमार्ग लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गदै जिल्ला प्रवेश गर्ने गरेका थिए । खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register