रक्षामन्त्री राई भन्छन्- जनता र राष्ट्रको सुरक्षामा बिना विवाद काम गर्ने प्रयास गरिरहेको छु

काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूहरूको पहिलो काम नेपाली जनता र राष्ट्रको सुरक्षा भएको बताएका छन् । मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । “मुलुकको रक्षा, नेपाली जनताको सुरक्षा, राष्ट्रको संरक्षण नै हाम्रो पहिलो काम हो । अहिलेको संविधान, नियम, कानूनका आधारमा यी गतिविधिहरू हामीले अगाडि बढाइरहेका छौँ,” उनले […]

Oct 22, 2024 - 10:49
 0
रक्षामन्त्री राई भन्छन्- जनता र राष्ट्रको सुरक्षामा बिना विवाद काम गर्ने प्रयास गरिरहेको छु

काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूहरूको पहिलो काम नेपाली जनता र राष्ट्रको सुरक्षा भएको बताएका छन् ।

मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

“मुलुकको रक्षा, नेपाली जनताको सुरक्षा, राष्ट्रको संरक्षण नै हाम्रो पहिलो काम हो । अहिलेको संविधान, नियम, कानूनका आधारमा यी गतिविधिहरू हामीले अगाडि बढाइरहेका छौँ,” उनले भने ।

उनले बिना विवाद काम गर्ने प्रयास गरिरहेको बताएका छन् । “संविधानको अधीनमा रहेर विवादमा नपर्नेगरी काम गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register