रुपन्देहीमा बढ्यो चोरी, ११ लाख बढीका सामान बरामद

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छलीका करिव साढे ११ लाख बढीका सामाना बरामद गरेको छ । ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुरमा चेकजाँच गर्दा भारतबाट ल्याइएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार ११ लाख ५१ हजार ८ सय बराबरको ३० वटा आईफोन, ७० जोडी जुत्ता, ८ कार्टुन चकलेट, […]

Oct 22, 2024 - 11:24
 0
रुपन्देहीमा बढ्यो चोरी, ११ लाख बढीका सामान बरामद

बुटवल ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छलीका करिव साढे ११ लाख बढीका सामाना बरामद गरेको छ ।

ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुरमा चेकजाँच गर्दा भारतबाट ल्याइएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार ११ लाख ५१ हजार ८ सय बराबरको ३० वटा आईफोन, ७० जोडी जुत्ता, ८ कार्टुन चकलेट, ४ बोरा बुकि पेपर, र ७० केजी ताजा फूल तथा फूलका बिरुवा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी लक्ष्मी खनालले बताए ।

प्रहरीले आवश्यक कारवाहीका लागि बरामद सामानलाई भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register