दोहोरो अंकले घट्यो सेयर बजार, १६४ कम्पनीको मूल्यमा गिरावट

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ४३ अंकले घटेर २६७७ दशमलव ६२ को विन्दुमा पुगेको छ । बुधबार ३०५ कम्पनीका ५९ हजार ६ सय ९८ पटकको कारोबारमा १ करोड २० लाख ६९ हजार ८ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको […]

Oct 30, 2024 - 09:38
 0
दोहोरो अंकले घट्यो सेयर बजार, १६४ कम्पनीको मूल्यमा गिरावट

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ४३ अंकले घटेर २६७७ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

बुधबार ३०५ कम्पनीका ५९ हजार ६ सय ९८ पटकको कारोबारमा १ करोड २० लाख ६९ हजार ८ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको छ ।

आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटाको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये होटेल, पर्यटन, निर्जीवन बीमा र व्यापार कम्पनी बढ्दा अन्य घटेका छन् । आज सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register