मीनबहादुर गुरूङबाट एमालेले जग्गा लिएको विषयमा सर्वोच्चमा रिट, बढेयो प्रक्रिया

काठमाडौं । भाटभटेनी सुपर मार्केट सञ्चालक व्यवसायी मीनबहादुर र सावित्री गुरूङले नेकपा एमलेलाई दान दिएको जग्गाबारेमा सर्वाेच्चमा छलफल हुने भएको छ । व्यवसायी मीनबहादुर गुरूङले पार्टी भवन बनाउन नेकपा एमालेलाई दान दिएको जग्गा लिने निर्णय विरूद्ध परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि यसबारे बहस हुने भएको छ । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ […]

Oct 23, 2024 - 02:49
 0
मीनबहादुर गुरूङबाट एमालेले जग्गा लिएको विषयमा सर्वोच्चमा रिट, बढेयो प्रक्रिया

काठमाडौं । भाटभटेनी सुपर मार्केट सञ्चालक व्यवसायी मीनबहादुर र सावित्री गुरूङले नेकपा एमलेलाई दान दिएको जग्गाबारेमा सर्वाेच्चमा छलफल हुने भएको छ ।

व्यवसायी मीनबहादुर गुरूङले पार्टी भवन बनाउन नेकपा एमालेलाई दान दिएको जग्गा लिने निर्णय विरूद्ध परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि यसबारे बहस हुने भएको छ ।

भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान १० रोपनी १४ आना जग्गा दिएका छन् ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । प्रशासनको निर्णय विरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख भए अनुसार मंगलबार तीलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको छ ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन्। उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म विपरीत भएको जिकिर गर्दै रिट दिएको सर्वोच्चका एक कर्मचारीले बताए ।
गत असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register