अमेरिकाको ‘ए’ टोलीसँग नेपाल पराजित

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि  एकदिवसीय अभ्यास खेलमा को अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित भएको छ । यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीप गरे पनि नेपालले चौथो खेल हारेको हो । गतरातिको खेलमा नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर […]

Oct 23, 2024 - 03:55
 0
अमेरिकाको ‘ए’ टोलीसँग नेपाल पराजित

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि  एकदिवसीय अभ्यास खेलमा को अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित भएको छ ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीप गरे पनि नेपालले चौथो खेल हारेको हो ।

गतरातिको खेलमा नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो ।

अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ।

यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका ए का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register