सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७९१.४३ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ४ करोड […]

Oct 23, 2024 - 07:01
 0
सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७९१.४३ प्रतिशतले बढी हो ।

गत वर्ष बैंकले ४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको यस्तो आम्दानी १ अर्ब ९६ करोड ९८ लाख थियो । त्यस्तै, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ ।

यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ५० लाख कायम भएको छ । जसले गर्दा नाफा बढेको हो ।

सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register