युवा तथा प्रतिभाशाली क्रिकेटरलाई समावेश गर्न लुम्बिनी लायन्सको ‘ट्यालेन्ट हन्ट प्रोग्राम’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरका लागि सुनौलो अवसर ‘ट्यालेन्ट हन्ट प्रोग्राम’ ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनीले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीलाई सामेल गराउन लागेको हो । यसरी छनोट भएका ४ खेलाडीमध्ये एक जनाले ‘सुपरस्टार’ […]

Oct 23, 2024 - 10:19
 0
युवा तथा प्रतिभाशाली क्रिकेटरलाई समावेश गर्न लुम्बिनी लायन्सको ‘ट्यालेन्ट हन्ट प्रोग्राम’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरका लागि सुनौलो अवसर ‘ट्यालेन्ट हन्ट प्रोग्राम’ ल्याएको छ ।

घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनीले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीलाई सामेल गराउन लागेको हो ।

यसरी छनोट भएका ४ खेलाडीमध्ये एक जनाले ‘सुपरस्टार’ को उपाधि प्राप्त गर्नेछन्, जसले एनपीएलका अरु नामुद खेलाडीहरुसँग खेल्न पाउनुका साथै नगद पुरस्कार १,००,००० रुपैयाँ पनि प्राप्त गर्नेछन् । त्यसैगरी बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन्, जसले टोलीको विशेष प्रशिक्षणमा सहभागी हुने अनुभव प्राप्त गर्नेछन् ।

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरिक्षणमा युवा क्रिकेटरको सीप निखार्दै उनीहरुलाई प्रोफेशनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको टोलीले जनाएको छ ।

यस अवसरबारे बोल्दै टोलीका मालिक ईश्वर जिसिले भने, ‘यो अभियानअन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्ने कोसिस गरिरहेका छौँ । यसरी छनोट भएका लुम्बिनीका ताराहरुलाई एनपीएलमा समावेश हुने अवसर प्रदान गरिनेछ भने अन्य ३ स्टारहरूलाई पनि टिमसँगै धेरै कुरा सिक्ने मौका मिल्नेछ ।’

‘लुम्बिनी प्रदेशको माटोले पहिलो वर्ष नै राम्रो सफलता हासिल गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । लुम्बिनी लायन्सलाई माया गर्नुहुने सम्पूर्ण लुम्बिनीवासी तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । लुम्बिनी लायन्सलाई यसैगरी सधैंभरि माया गरिरहन पनि अनुरोध गर्दछौँ ।,’ उनले थप भने ।

यस अवसरको फाइदा लिन चाहने इच्छुकले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्क https://forms.gle/JN4UhEvwBwRGqPUu9 मा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडिओहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया सुरु हुनेछ, जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीको सूची तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिनेछ ।

कार्तिक १८ गतेभित्र आवेदन बुझाइसक्नु पर्नेछ । सर्टलिस्टमा परेका आवेदकहरूको नाम कार्तिक २० गते घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register