चुनावी अभियानमा हस्तक्षेप गरेको भन्दै ट्रम्प र बेलायतको लेबर पार्टीबीच आरोप प्रत्यारोप

काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको छ । लेबर पार्टीले डेमोक्रेट उम्मेदवार कमला ह्यारिसको अभियानलाई सहयोग गर्न स्वयंमसेवक पठाएपछि ट्रम्पको चुनावी अभियानले चुनावमा विदेशी हस्तक्षेपको आरोप लगाउँदै उजुरी दायर गरेको छ । बीबीसीकाअनुसार संघीय निर्वाचन आयोगमा गरिएको उजुरीमा लेबर पार्टीका एक […]

Oct 23, 2024 - 12:25
 0
चुनावी अभियानमा हस्तक्षेप गरेको भन्दै ट्रम्प र बेलायतको लेबर पार्टीबीच आरोप प्रत्यारोप

काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

लेबर पार्टीले डेमोक्रेट उम्मेदवार कमला ह्यारिसको अभियानलाई सहयोग गर्न स्वयंमसेवक पठाएपछि ट्रम्पको चुनावी अभियानले चुनावमा विदेशी हस्तक्षेपको आरोप लगाउँदै उजुरी दायर गरेको छ ।

बीबीसीकाअनुसार संघीय निर्वाचन आयोगमा गरिएको उजुरीमा लेबर पार्टीका एक अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट पनि प्रमाणका रूपमा समावेश गरिएको छ । तर, उक्त पोस्ट पछि हटाइसकिएको छ ।

उक्त पोस्टमा लेबर पार्टीका सयौं कार्यकर्ताले ‘स्विङ स्टेट’ मा ह्यारिसको पक्षमा प्रचार गर्ने योजना बनाएको उल्लेख थियो ।

बेलायतको ‘द टेलिग्राफ’ मा पत्रिकाले मध्यवामपन्थी लेबर पार्टीसँग आबद्ध व्यक्तिहरू ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिका गएको समाचार प्रकाशित गरेको थियो ।

ट्रम्पको चुनावी अभियानले उक्त समाचारलाई उद्धृत गर्दै विदेशी हस्तक्षेप भएको दाबी गरेको हो ।

यता, एक बेलायती मन्त्रीले अमेरिकी राष्ट्रपति चुनावलाई लिएर बेलायतको लेबर पार्टीमाथि लगाइएको आरोपको जवाफ दिएका छन् ।

बेलायती सरकारका वातावरण मन्त्री स्टिभ रीडले बीबीसी कार्यक्रम बीबीसी ब्रेकफास्टमा भनेका छन्, ‘व्यक्तिगत रूपमा जनतालाई आफ्नो पैसा र समय कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्ने अधिकार हुन्छ ।’

उनी थप भन्छन्, ‘जनतामा भर पर्छ र एउटा देशमा एउटै पार्टीका समर्थकले अर्को देशमा एउटै पार्टीको प्रचारप्रसार गर्न जानु कुनै नौलो कुरा होइन, दुवैतिरबाट र विश्वका धेरै देशमा यस्तो भइरहेको छ ।’

‘तर, यी कुनै पनि कार्यक्रम लेबर पार्टीको होइन । जनताले निजी रूपमा गरिरहेका छन् र उनीहरू स्वतन्त्र छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register