ट्रुकलरमा सीआईबी प्रमुखको नाम र फोटो राख्दै धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । ट्रूकलर एपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको फोटो राखी धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगरका ३० वर्षीय हेमकुमार खड्का रहेका छन् । सीआईबीका अनुसार कार्यालयलाई सूचना प्राप्त भएपछि अनुसन्धान थालिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा मङ्गलबार पक्राउ गरिएको हो । उनले सीआईबी प्रमुख थापाको फोटो र नाम प्रयोग गरी विभिन्न वित्तीय संस्थालाई धम्की दिएको जनाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Oct 23, 2024 - 12:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register