“गड इज उमन” काे दाेस्राे संस्करण हुने

काठमाडाैं । “गड इज उमन” काे पहिलो संस्करणकाे सफलता पश्चात्, स्विस दूतावासकाे सहयोग र स्काथी इन्टरटेनमेन्टकाे आयोजनामा यहीँ कार्तिक १० गते ललितपुर बुङ्गमतिमा अवस्थित ” द ओन्डरल्याण्डमा” “गड इज उमन”काे दाेस्राे संस्करण हुने भएको छ । कार्यक्रममा नेपाल , बेलायत स्विट्जरल्याण्ड , बेल्जियम , हंङ्कङ्गका महिला हिपहप कलाकारले र्याप प्रस्तुत गर्ने छन् । र्याप सँगसँगै […]

Oct 23, 2024 - 13:12
 0
“गड इज उमन” काे दाेस्राे संस्करण हुने

काठमाडाैं ।

“गड इज उमन” काे पहिलो संस्करणकाे सफलता पश्चात्, स्विस दूतावासकाे सहयोग र स्काथी इन्टरटेनमेन्टकाे आयोजनामा यहीँ कार्तिक १० गते ललितपुर बुङ्गमतिमा अवस्थित ” द ओन्डरल्याण्डमा” “गड इज उमन”काे दाेस्राे संस्करण हुने भएको छ ।

कार्यक्रममा नेपाल , बेलायत स्विट्जरल्याण्ड , बेल्जियम , हंङ्कङ्गका महिला हिपहप कलाकारले र्याप प्रस्तुत गर्ने छन् ।

र्याप सँगसँगै विटवक्स , विगल्स,नृत्य लगायतका विभिन्न कलात्मक कार्यक्रममा पनि हुने आयाेजक स्काथी इन्टरटेनमेन्टका प्रमुख सुवास राजाेउपाध्यायले बताए ।

” गड इज उमन” संगीत र मनाेरञ्जनमा सिमित नभइ समग्रमा महिला विकास र सशक्तीकरणका लागि आयोजना हुने आयोजक संस्था स्काथीले जानकारी दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register